![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329989659_1302607750290960_9111006552393409153_n-1024x768.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330392541_705811921081794_4462656357822880383_n-1024x461.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330742109_612050614067365_5587163945930846083_n-461x1024.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330460294_927442281615262_6413970638515036901_n-1024x461.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330460294_927442281615262_6413970638515036901_n-1-1024x461.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330466398_596618755615029_4980532696711930991_n-1024x575.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329767875_572059808159608_5234297371924532726_n-1024x593.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330298115_870236494058421_274326988670926411_n-1024x597.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329751481_706012321254093_1570201302141733067_n-1024x576.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330530878_5651556381637334_2230238608810737579_n-1-1024x768.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329840287_1050411275775372_847550702484433539_n-1024x460.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330714374_739388537744903_7630772772076282232_n-1024x768.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329705083_1095613441840150_4489189648655384355_n-1024x768.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330466391_720396656159923_7723571652328586548_n-1024x472.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/329935268_927419408417555_2815595650014847303_n-1024x472.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330350900_684295706760396_2909386072201495814_n-1024x472.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330697422_1267259524189359_1753537291957756864_n-1024x576.jpg)
![](https://www.aviyanlaghubitta.com/wp-content/uploads/2023/02/330530878_5651556381637334_2230238608810737579_n-1024x768.jpg)
२९ माघ, कञ्चनपुर,
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्त को भुरीगाँउ अनुगमन केन्द्र मातहतका सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सञ्चालित बिभिन्न १३ ओटा शाखा कार्यलयहरुको आयोजनामा १३ ठाउँमा संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको छ । संस्थाले ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्ला बिभिन्न ग्रामिण इलाकाको बस्ती हरुमा एकैसाथ सदस्य÷अभिभावक भेला गरि अनुगमन प्रमुख, शाखा प्रमुख एवम कर्मचारी बाट वित्तीय साक्षरता एवम जानचेतना मुलक कार्यक्रम सञ्चालन गरिएकोे अनुगमन प्रमुख मधु सुदन निरौलाले जानकारी गराएका छन । यस किसिमको कार्यक्रमले लघुवित्त संस्था र समुदाय बिच सम्बन्ध अझ गाढा बनाउन सहयोग पुगेको छ । बर्तमान अवस्थामा सदस्यहरुको आर्थिक अवस्था सुधार गर्न ब्यवसाकि योजना निर्माण गर्न साथै लघुवित्तले दिने सेवा बिस्तार र सदस्यको चाहाना बमोजिम कार्यक्रम तथा निति निमार्णमा सहयोग पुग्ने बताउनु भयो । अभियान लघुवित्त संस्था नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त घ वर्ग राष्ट्रीय स्तरको लघुवित्त संस्था हो । यो संस्था केन्द्रिय बैक बाट मिति २०७६।०६।०१ बाट इजाजत प्राप्त गरि देशभर ६० वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ । यो संस्थाको केन्द्रिय कार्यालय काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ४, पनौतीमा रहेको छ । संस्थाको अनुगमन कार्यालयको सहजिकरणमा माघ २९ गते आईतवारका दिन कञ्चनपुर को पुर्नवास नपा ३, मोतीबस्तीमा शाखा कार्यालय आ.ई.बि.आर.डी.को आयोजनामा भएको कार्यक्रममा अनुगमन प्रमुख मधु सुदन निरौला र शाखा प्रमुख यशोदा सिंह थापाले प्रशिक्षण दिनु भएको थियो । शुक्लाफाँटा नपा १०, झलारीमा शाखा कार्यालय झलारीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख श्याम प्रसाद जोशीले प्रशिक्षण दिनु भएको थियो । भिमदत्त नपा ११, झुजेला गाँउमा शाखा कार्यालय सुकासालको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख आकाश उपाध्यायले प्रशिक्षण दिनु भएको थियो । कैलाली जिल्लाको भजनी नपा १ भजनीमा भजनी शाखा कार्यालयको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख कविराज भट्टले प्रशिक्षण दिनु भएको छ । घोडाघोडी नपा ३, निम्दी, शाखा कार्यालय निम्दीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक शाहीले प्रशिक्षण दिनु भएको थियो । जानकी गा पा ९, कटासी र मुर्तियामा शाखा कार्यालय अमरावतीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख सत्यराज जोशीले प्रशिक्षण दिनु भएकोे थियो । गौरीगंगा नपा १, माघिगाँउमा, शाखा कार्यालय चौमालाको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख अन्तरा आचार्यले प्रशिक्षण दिनु भएको थियो । बर्दिया जिल्लाको बाँसगढी नपा ९, ठुमनीमा शाखा कार्यालय बासगढीको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दुर्गालाल बिश्वकर्मा र जनक ताम्राकारले प्रशिक्षण दिनु भएको थियो । ठाकुरबाबा नपा १,भुरीगाँउमा शाखा भुरीगाँउको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख दिपक बहादुर बोहराले प्रशिक्षण दिनु भएको थियो । बाँके जिल्लाको कोहोलपुर नपा १४, हवलदारपुर, शाखा कार्यालय हवलदारपुरको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख जनक बहादुर ताम्राकार र दुर्गालाल बिश्वकर्माले प्रशिक्षण दिनु भएको थियो, सुर्खेत जिल्लाको बिरेन्द्रनगर नपा १० सानो सुर्खेतमा शाखा कार्यालय बिरेन्द्रनगर धुस्रा को आयोजना भएको कार्यक्रममा शाखा प्रमुख शिवराज चौलागाईले प्रशिक्षण दिनु भएको थियो, र दाङ जिल्लाको दंगिशरण गा.पा.५, नौबस्ता शाखा कार्यालय दंगिशरणको आयोजना भएको कार्यक्रममा शाखा प्रमुख चन्द्र प्रसाद आचार्यले प्रशिक्षण दिनु भएको थियो । उत्त कार्यक्रमहरुमा एकै दिनमा करिव ६०० जना सदस्य तथा अभिभाकको सहभागिता रहेको जनाएको छ । यस अधि यसै अनुगमन कार्यालय अन्र्तगत कैलाली जिल्लाको गौरीगंगा नपा २, आमबगिया र कञ्चनपुर जिल्लाको पुनर्वास नपा ४ घ गाँउमा पनि माघ २७ र २८ मा अलग अलग कार्यक्रम सम्पन्न गरिएको थियो ।