अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । साेमबार एक कार्यक्रमका बीच कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता सँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलले गर्ने अभियान लघुवित्तका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन अधिकारीले जानकारी दिए ।
23 Aug, 2022